सहकारीको नियमन राष्ट्र बैंकले गर्न मन्त्री अधिकारीको आग्रह, गभर्नरले भने- समन्वय गर्न तयार छौं

  २०८० चैत १८ गते १८:३०     विकासन्युज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्नका लागि राष्ट्र बैंकले सहयोग गर्नु पर्ने बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रको नियमनका लागि राष्ट्र बैंकको सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

मन्त्री अधिकारी, गभर्नर महाप्रसाद अधिकारी, सोही मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेबीच भएको छलफलमा मन्त्री अधिकारीले मन्त्रालयलाई राष्ट्र बैंकको सहयोग चाहिएको बताएका हुन् ।

सहकारी क्षेत्रका वर्तमान समस्या र त्यसको समाधानको विषयमा छलफल गर्दै  मन्त्रालयले अघि बढाएको कर्जा असुली न्यायाधीकरण र कर्जा सूचना केन्द्र गठनमा सहयोग गर्नु पर्ने आग्रह गरे ।

गभर्नर अधिकारीले सहकारी क्षेत्रमा कर्जा असुली न्यायाधीकरण र कर्जा सूचना केन्द्र आवश्यक रहेको बताउँदै राष्ट्र बैकले त्यसको मोडालिटीमा आफ्नो तर्फबाट सहयोग रहने धारणा राखे । उनले कर्जा सूचना केन्द्रको स्पष्ट संरचनाका विषयमा सरकार र राष्ट्रबैक बीच छलफल भएर उचित निष्कर्षमा छिट्टै पुग्नु पर्नेमा जोड दिए ।

उनले सहकारी क्षेत्रमा पछिल्लो समय समस्या देखिएको बताउँदै त्यसको नियमनका लागि राष्ट्र बैंकले गर्न सक्ने सहयोग गर्ने पनि प्रतिवद्धता गरेका छन् ।

छलफलमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैकबीच भएको छलफलले छिट्टै सहकारी क्षेत्र व्यवस्थित पार्न सहयोग पुग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.