तल्लो डुङ्गेश्वर-पालेतडा सडक जीर्ण

  २०८० चैत १७ गते ११:२४     विकासन्युज


सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमितरूपमा सवारीसाधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँछन् । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलका अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.