डाबर नेपालले मन्दीमा पनि बढायो आम्दानी, साढे ६ अर्ब ऋण लिँदै

  २०८० चैत १६ गते १८:३६     विकासन्युज

काठमाडौं । डाबर नेपालले आर्थिक मन्दीको बीचमा पनि आम्दानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले सन् २०२३ मा आफ्नो आम्दानी ५९ करोडले बढाएको हो ।

कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी सन् २०२२ मा कम्पनीको आम्दानी १३ अर्ब १८ लाख रुपैयाँ थियो । त्यसअघि अर्थात सन् २०२१ मा कम्पनीले १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । केयर रेटिङ्स नेपालले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२१ देखि कम्पनीको आम्दानी निरन्तर बढ्दो छ ।

सन् १९८९ मा प्राइभेट लिमिटेडको रुपमा स्थापना भएको डाबर नेपालले सन् १९९२ देखि भने आफ्नो व्यापार शुरु गरेको हो । डावर नेपाल भारतको बहुराष्ट्रिय कम्पनी डावर इन्डिया नेपालको सहायक कम्पनी हो । नेपालको प्रमुख उत्पादक र निर्यातकर्ता कम्पनीको बजार फराकिलो रहेको छ । कम्पनीले हाल फलफूलको जुस/पेय पदार्थ, चेवनपरास, गुल्कोज, टुथपेष्ट, हेयर आयल, डाइजेस्टिभ ट्याब्लेट (हाजमोला), मह लगायतका सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन कर्जाको लागि हालै केयर रेटिङ्स नेपालमा रेटिङ गराएको छ । कम्पनीले ६ अर्ब ६० करोड कर्जाको लागि रेटिङ गराएको हो । जसको लागि केयर रेटिङ्स नेपालले ए वान प्लसको रेटिङलाई पुनः पुष्टि गरि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.