टर्किस एयरलाइन्सद्वारा १० वर्षपछि लिबियामा पुनः उडान शुरु

  २०८० चैत १६ गते १६:४७     विकासन्युज

काठमाडौं । टर्किस एयरलाइन्सले १० वर्षको अन्तरालपछि लिबियाको राजधानी त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरू पुनः शुरु गरेको छ ।

लिबियाका यातायात मन्त्री मोहम्मद अल–शोहोबीले एक पत्रकार सम्मेलनमा घोषणा गरे ।

मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको उडानको आगमन सबै अन्तर्राष्ट्रिय उड्डयन एजेन्सीहरूलाई ग्यारेन्टीको सन्देश भएको बताए ।

यो कदमले (लिबियामा) सुरक्षा अवस्थाको स्थिरता पुष्टि गरेको र नागरिक उड्डयन सुरक्षाको मापदण्डहरू लागू गर्ने आफ्नो प्रतिवद्धतालाई समर्थन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.