प्रसाईंलाई हतियार राख्न दिएको अनुमतिबारे छानबिन हुने

  २०८० चैत १६ गते १६:४२     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न दिएको अनुमतिबारे छानबिन हुने भएको छ । यसका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ ।

समितिमा उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई र मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको ।

सर्वोच्च अदालतले यो विषयमा छानबिनका लागि आदेश दिएको थियो । त्यही आदेश अनुसार समिति गठन गरिएको जनायएको छ । सर्वोच्चले गोलीसहित पक्राउ परेका प्रसाईका बडिगार्डलाई रिहा गर्न आदेश गर्दै हतियारको अनुमति शंकास्पद देखिएकाले छानविन गर्न भनेको थियो ।

प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए ।

यस्तै व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.