नेप्सेमा एक दर्जन बैंकको ९ करोड कित्ता बोनस सेयर सूचीकृत

  २०८० चैत १६ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । हालसम्म ५ वटा वाणिज्य बैंक र ६ वटा विकास बैंकको गरी कुल ११ बैंकको ८ करोड ८० लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल एसबिआई बैंकको गरी कुल ७ करोड २८ लाख ८५ हजार ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकको गरी कुल १ करोड ५१ लाख ३९ हजार ८५६ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापत १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गरेको हो ।

एभरेष्ट बैंकको १० प्रतिशत बोनस वापत १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ लाभांश वितरण गरेको हो ।

एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस वापत ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले सेयरधनीहरूलाई २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कुल ३०.५ लाभांश वितरण गरेको हो ।

सानिमा बैंकको ९ प्रतिशत बोनस वापत १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरेको हो ।

नेपाल एसबिआई बैंकको ३.७५ प्रतिशत बोनस वापत ३७ लाख ९५ हजार २३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस वापत १६ लाख ३३ हजार ७९५.८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश बाँडेको हो ।

गरिमा विकास बैंकको ९.५ प्रतिशत बोनस वापत ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको हो ।

मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस वापत ९ लाख ६४ हजार २५१.३६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस वापत ४४ लाख ९८ हजार ७७.३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको हो ।

मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस वापतको ६२ लाख ६० हजार ३७७.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.