इजराइलमा स्वास्थ्यकर्मीमाथि गरिएको क्रूर दमनको विरोधमा नेपाली चिकित्सकले गरे प्रदर्शन (फोटो फिचर)

  २०८० चैत १६ गते १३:५०     विकासन्युज

काठमाडौं । इजराइल सरकारले प्यालेस्टाइनमा गरेको मानबसंहार, मानवता विरुद्दको अपराध र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मी माथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले‌ शान्तिपूर्ण प्रदर्शन गरेका छन् । शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरुले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

‘हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजराइल सरकारले प्यालेस्टाइनका नागरिक माथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौँ ।’ उनीहरूले विज्ञप्तीमा मा उल्लेख गरेका छन् ।

अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारवाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ र हजारौं घाइते भएका छन् । इजरायलको युद्धको परिणाम स्वरूप, गत पाँच महिनामा ३१,००० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश महिला र बालबालिका छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.