एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

  २०८० चैत १६ गते ७:०८     विकासन्युज


काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमामा राखिएको जानकारी दिएकाे हाे ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.