सिद्धि हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

  २०८० चैत १५ गते १६:४१     विकासन्युज

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।

बिहीबार एक कार्यक्रमबीच भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रोको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सिद्धि हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ । यो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.