गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय

  २०८० चैत १५ गते ११:४७     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका सीईओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्यसैले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई बैंकको सीईओमा नियुक्त गरेको कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । उनका अनुसार उपाध्यायलाई आगामी ४ वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो ।

हाल उपाध्याय नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर काम गरिरहेका छन् । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका उपाध्यायसँग १५ वर्षको अध्यापन/प्रध्यापक अनुभव छ । उनले बैंकमा हुँदा कम्पनी सचिव, शाखा प्रमुख, प्रशासन प्रमुख तथा क्रेडिट रिकभरी समितिको संयोजक भएर काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.