तोलामा ११ सयले बढ्यो सुनको मूल्य

  २०८० चैत १५ गते ११:३९     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।

बुधबार प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.