ग्लोबल मनी वीकमा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता

  २०८० चैत १५ गते १०:२३     विकासन्युज

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

लघुवित्तले चैत ५ गते झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो ।

चैत ६ गते झापाको पृथ्वीनगर संखुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्तामा कार्यक्रम आयोजना गरेको थियो । चैत ७ गते इलामको दानावारी, तेह्रथुमको म्याङलुङ, सिरहाको सुखीपुरमा पर्ने दहीपौडी बजार, सप्तरीको हनुमाननगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

चैत ८ गते झापाको सुरुङ्गा, धनकुटाको धनकुटा बजार, मोरङको बेलबारी र उर्लाबारीमा कार्यक्रम आयोजना गरेको थियो । चैत ९ गते झापाको शिवगञ्ज, धनकुटाको राजारानी, सुनसरीको अमाहीबेल्हा र लौकहीमा कार्यक्रम आयोजना गरेको हो ।

चैत १० गते मोरङको केराबारी, धनकुटाको बुधबारे, मोरङको अमरदह र रामचोकमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको लघुवित्तको प्रवक्ता सुदिपकुमार मण्डलले जानकारी दिए ।

कार्यक्रम आयोजना गरेका २४ वटा शाखाले आफ्नो शाखाका उत्कृष्ट ३ जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना उत्कृष्ट बचतकर्ता र ७२ जना उत्कृष्ट ऋणीलाई लघुवित्तले पुरस्कृत गरेको थियो । २४ शाखाका ७२ जना ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र हरेक शाखा अन्तरगतका उत्कृष्ट ५ वटा केन्द्र(समूह)का दरले १२० वटा लघुवित्तको केन्द्रलाई पनि पुरस्कृत गरेको थियो ।

२४ वटा शाखाले पाँच जनाका दरले १२० जना विपन्न समुदायका बालबालिकालाई ‘एडप्ट’ गर्दै एक वर्षका लागि शैक्षिक सामग्री प्रदान गरेको थियो । केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमका लागि प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, आइएसडी विभाग प्रमुख विजयकुमार मण्डल र मानव संसाधन विभाग प्रमुख सुदिपकुमार मण्डलको नेतृत्वमा छुट्टा–छुट्टै टोली खटिएको थियो ।

‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लघुवित्तका सदस्यलाई संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, लेखा विभाग प्रमुख अंजयकुमार मण्डल, लघुवित्त विभाग प्रमुख मनोजकुमार साह र आइटी विभाग प्रमुख रमेश रायले वित्तीय साक्षरता सम्बन्धी तालिम दिएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु सम्बन्धित(कार्यक्रम आयोजना गरिएको) वडाका वडा अध्यक्ष, पालिका प्रमुख,उपप्रमुख, प्रदेश सांसद तथा प्रतिनिधीसभा सांसदको पनि उपस्थीति रहेको थियो ।

लघुवित्त सदस्यलाई वित्तीय ज्ञान अभिवृद्धि गर्ने उदेश्यले ग्लोबल मनी वीक २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । कार्यक्रमले लघुवित्तको ऋण सहयोगमा काम गरिरहेका सदस्यहरुलाई उत्साह मिलेको उनले बताए । ‘कार्यक्रमले लघुवित्त र सदस्यबीचको सम्बन्ध थप मजवुत बनाएको छ,’ उनले भने,‘ उद्यम गरिरहेका सदस्य र संस्थाका कर्मचारीलाई काम गर्ने थप उत्साह मिलेको छ ।’

कार्यक्रममा सहभागि सदस्यलाई लघुवित्तले घरआँगनमा तरकारी खेती अभियान अन्तगत उन्नत जातका विभिन्न तरकारीका बिउ पनि वितरण गरेको थियो । लघुवित्तका अन्य शाखाले पनि ग्लोबल मनी ह्वीकमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत २४ जिल्लामा तीन लाख २४ हजार ५ सय ७२ सदस्यसँग वित्तीय सेवा पुर्याइरहेको छ । लघुवित्तले सदस्यका लागि २६ अर्ब ६६ करोड, ८१ लाख,२८ हजार ६ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.