मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

  २०८० चैत १५ गते ७:४३     विकासन्युज


काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

१०औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले शुक्रबार बुक क्लोज गर्दै छ ।

कम्पनीको सभाले चुक्ता पुँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस सेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.