सेयर बजारमा बम्पर आम्दानी गर्न लगानीकर्तालाई वारेन बफेटका टिप्स

  २०८० चैत १५ गते ८:३२     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको चाप बढेको छ । मानिसहरू सेयर बजारमा राम्रो पैसा कमाउन आउँछन् तर सही जानकारी नहुँदा ठूलो नोक्सानी बेहोरिरहेका छन् ।

बजारमा धेरै लगानीकर्ताहरू छन् जसले धेरै पैसा गुमाएका छन् । यदि तपाईं सेयर बजारमा राम्रो नाफा कमाउन चाहनुहुन्छ भने विश्वका अग्रणी लगानीकर्ता वारेन बफेटका यी सुझावहरू पालना गर्न सक्नुहुन्छ ।

सेयर बजारमा पैसा लगानी गर्ने मान्छे वारेन बफेटलाई नचिनेका सायदै होलान् । बफेटले सन् १९९४ मा वर्कशायर ह्याथवेको वार्षिक बैठकमा भनेका थिए, ‘नाईलाई कहिल्यै सोध्नु हुँदैन, कपाल काटौं कि नकाटौं भनेर ।’

तपाईंले आज पनि लगानीकर्ताहरूबीच बफेटको यो सल्लाहको बारेमा छलफल सुन्नुहुन्छ।

यस्ता छन् वारेन बफेटका ठूलो लगानी टिप्स

लगानी गर्नुअघि अनुसन्धान गर्नुहोस्

बफेटका अनुसार लगानीका विषयमा विशेषज्ञ वा एजेन्टको आफ्नै स्वार्थ हुन्छ । तसर्थ, तपाईंले लगानी गर्नुअघि सधैं आफ्नो अनुसन्धान गर्नुपर्छ । वारेन बफेट भन्छन् कि-कुनै पनि कम्पनीको काम वा यसको नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु आवश्यक छैन ।

उनी भन्छन्, ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुबिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो समातेर एउटा खुट्टाले आफूलाई सन्तुलनमा राखेर अर्को खुट्टाले नदी नाप्नु जरुरी छ ।’

यसरी गर्नुहोस् बचत

बफेट तपाईंले हरेक महिना आफ्नो तलबबाट बचत गर्ने बानी बसाल्नुपर्ने बताउँछन् । बफेटका अनुसार यदि तपाईको तलब १० हजार रुपैयाँ छ भने तपाईंले प्रत्येक महिना २ हजार रुपैयाँ बचत गर्नुपर्छ ।

यो पैसा तपाईंलाई आपतकालीन अवस्थामा धेरै उपयोगी हुन सक्छ । यसरी तपाईंले ६ महिनाको आफ्नो घरायसी खर्च अनुसार आपतकालीन कोष पनि बनाउनुपर्छ ।

जब सबै डराउँछन्, तब लोभी बन्नुहोस्

बफेटका अनुसार जब बजारमा सबै कुरा राम्ररी चलिरहेको छ, शंकालु हुनुहोस् । जब अरू लोभी हुन्छन्, डराउनुहोस् र जब अरू सबै डराउँछन्, लोभी बन्नुहोस् । लगानीकर्ता सधैं अवसरहरूको खोजीमा हुनुपर्छ । जब तपाईं यसलाई फेला पार्नुहुन्छ, यसलाई नछुटाउनुहोस् । यी अवसरहरू प्रयोग गर्ने मानिसहरू सधैं सफल हुन्छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.