पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

  २०८० चैत १४ गते ७:५४     विकासन्युज


काठमाडौं । पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्सथापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने बिक्री आवेदन खुलाएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूरोड पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने संस्थाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.