च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा सरकारले फिर्ता ल्यायाे

  २०८० चैत ९ गते १७:१७     विकासन्युज

काठमाडौं । च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा सरकारले फिर्ता ल्याएकाे छ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सो जग्गा च्याम्पियन फुटवयेरको नाममा लगिएको थियो । अहिले सरकारले सो जग्गा फिर्ता ल्याउने निर्णय गरेको हो ।

शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै जग्गा फिर्ता ल्याएको जानकारी दिएको हो । मन्त्रालयले मालपोत ऐन २०३४ को दफा २४ अनुसार सो जग्गा सरकारको नाममा ल्याएको बताएको हो ।

चौधरी ग्रुप अन्तर्गत रहेको च्याम्पियन फुटवेयरले सो जग्गा हडपेकाे भन्दै अहिले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पनि गरिरहेको छ । यस विषयमा उद्योगी अरुण चौधरी पक्राउ भएर धरौटीमा छुटिसकेका छन् ।

चौधरी ग्रुपकै अध्यक्ष विनोद चौधरी र उनका भाइ बसन्त चौधरीको पनि सीआईबीले बयान लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.