घट्दो बजारमा दुई कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

  २०८० चैत ५ गते १४:३४     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार बन्द हुनुअघि नै सप्तकोशी डेभलपमेन्ट बैंक र पिपुल्स पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३१५.८० रुपैयाँसम्म पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता २८.७० रुपैयाँले बढी हो ।

त्यस्तै, हाइड्रोपावर समूहअन्तर्गतको पिपुल्स पावरको पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ३४.२० रुपैयाँले बढी हो ।

बजारमा सप्तकोशी डेभलपमेन्टको ६ करोड १५ लाख र पिपुल्स पावरको ६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

हालसम्म सेयर मूल्य मापक नेप्से परिसूचक निरन्तर घटी रहेको छ । करिब साढे २ बज्दा परिसूचक ७.३४ अंकले घटेर २०६२.९१ बिन्दुमा झरेको छ । हालसम्म २ अर्ब एक करोड बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये गोर्खाज फाइनान्स सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा रहेकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.