क्रेस्ट माइक्रो लाइफले आईपीओ जारी गर्ने, सञ्चालकमा चार जना निर्वाचित

  २०८० चैत ५ गते १३:५५     विकासन्युज

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सोको लागि कम्पनीको सभाले संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

हालै सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको सभामा संस्थापक समुहबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । जसमा ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी रहेका छन् । साथै, कम्पनीले यसअघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेका थिए । जुन सभाले सर्वसम्वत पारित गरेको छ ।

प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले कम्पनीको प्रगतिको बारे जानकारी गराउँदै नव निर्वाचित संचालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.