कुमारी बैंकको १ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  २०८० चैत ५ गते ६:५०     विकासन्युज

काठमाडौं । कुमारी बैंकको १ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ४८ हजार ३६३ संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी निरप्रसाद घिमिरेले ७० हजार ६५, जनक तिमल्सिनाले २७ हजार ३३ र बालकृष्ण दाहालले ६१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो चरणमा बिक्रीका लागि प्राथमिकता दिइएको छ । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कानुनी प्रावधानअनुसार अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.