चैत ५ मा एईसीसीको निःशुल्क एजुकेसन फेयर

  २०८० चैत ४ गते १८:३७     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था एईसीसीले भदौ ५ गते निःशुल्क ‘अष्ट्रेलिया र क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ ।

यस शैक्षिक मेलामा प्लस टू तथा ब्याचलर्स अध्ययन सकेका तथा सक्न लागेका विद्यार्थीले अष्ट्रेलिया र क्यानडाका १५ भन्दा बढी विद्यालयबाट सतप्रतिशतसम्म छात्रवृत्तिका लागि वास्तविक जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो मेला एईसीसीको डिल्लीबजारस्थित कार्यालय रहेको सनराइज बिज पार्क भवनको नवौं तलामा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आयोजना हुनेछ । यो मेलामा निःशुल्क परामर्श सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.