एमएडब्लू वृद्धिले सोकोन इसी-३६ विद्युतीय भ्यान भित्र्याउँदै, अप्रिलभित्रै बिक्री सुरु हुने

  २०८० चैत ४ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपालका लागि सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ११ सिटे विद्युतीय भ्यान भित्र्याउने भएको छ । कम्पनीले सेरेस ग्रुपले उत्पादन गरेको सोकोन ईसी ३६ भ्यान भित्र्याउन लागेको हो ।

कम्पनीका अनुसार सोकोन ईसी ३६ विद्युतीय गाडी चाँडै नै सार्वजनिक गरेर अप्रिल महिनाभित्र बिक्री सुरु गर्ने बताएको छ ।

दुई सातापछि बिक्रीमा राख्ने गरी सेरेसको विद्युतीय भ्यान भित्र्याउने तयारी रहेको कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ । यसका लागि सबै तयारी भइसकेको कम्पनीले जनाएको छ ।

एमएडब्लू समूह नेपालमा अटोमोबाइल्स क्षेत्रमा एक परिचिभ ग्रूप हो । जसले एमाहा, जेसीबीm स्कोडा, जीप, सेरेस, चाँगन लगायका अन्तर्राष्ट्रिय ब्राण्डका गाडीहरू बिक्री गर्दै आएको छ । नेपालभर ३५०भन्दा बढी टच प्वाइन्टहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.