नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त

  २०८० चैत ४ गते ११:१२     विकासन्युज

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त सीईओ बस्यालले गत फागुन ३० गतेदेखि नै लागू हुने गरी आफ्नो कार्यभार सम्हालेका छन् ।

साविक नेरुडे लघुवित्त वित्तीय संस्था र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भई गत फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

यससँगै संस्थाको केन्द्रिय कार्यालय काभे्रपलान्चोकको बनेपा ८ मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.