२०८० चैत २ गते १५:५२ विकासन्युज
काठमाडौं । यस साता सेयर बजार ५० अंकले बढ्यो । गत साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार ३०.५५ अंक रहेकोमा यस साता नेप्से परिसूचक ५०.३२ अंक बढेर २ हजार ८०.८७ अंकमा बन्द भयो ।
४ दिन कारोबार भएको पुँजी बजारमा साढे १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । गत आइतबारदेखि बिहीबारसम्म१५ अर्ब ५५ करोड १२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस साता पुँजी बजारमा सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा शिवम् सिमेन्ट रह्यो । ४ दिनको अवधिमा कम्पनीको १ अर्ब ९ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । साथै, ४ दिनको अवधिमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.१४ प्रतिशत अर्थात् ३२.१ रुपैयाँ बढेर प्रतिकित्ता ५५४.१० रुपैयाँ पुगेको छ ।
यस्तै, सोनापुर मिनिरल्स एण्ड आयलको ७९ करोड १७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस साता कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ बढेर ५१४ रुपैयाँ पुगेको छ ।
यस साता सर्वाधिक कारोबार हुने कम्पनीका अपर तामाकोशी पनि रहेको छ । यस कम्पनीको ६९ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । तर, यस साता कम्पनीको सेयर मूल्य भने घटेको देखिन्छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ रुपैयाँ घटेर १८७ रुपैयाँमा झरेको छ ।
यस साता सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि रहेको छ । ४ दिनमा यस कम्पनीको ५३ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ बढेर ६३० रुपैयाँ पुगेको छ ।
गोर्खाज फाइनान्सको पनि यस साता सर्वाधिक कारोबार भएको छ । ४ दिनको अवधिमा कम्पनीको ४२ करोड ५६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ बढेर ७५० रुपैयाँ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.