सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड, कतिले पाए ? 

  २०८० चैत २ गते १०:०३     विकासन्युज

काठमाडौं । सिंगटी हाईड्रो इनर्जीले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो ।

कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीले जनाएको छ । यस हिसाबले कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।

उक्त हकप्रद सेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धकसहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.