रुरु जलविद्युतको ‘लकइन’ अवधि सकिँदै

  २०८० चैत १ गते १२:३०     विकासन्युज


काठमाडौं । रुरु जलविद्युत परियोजनाको संस्थापक सेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेबाट सकिने भएको छ । लकइन अवधि सकिएसँगै कम्पनीका सेयरधनीले सेयर किनबेच गर्न पाउँछन् ।

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको सेयर, र कर्मचारीलाई सुरक्षित गरिएको सेयरको लकइन अवधि वैशाख ३ गतेबाट समाप्त हुने भएको हो ।

कम्पनीको संस्थापक समूहको ३९ लाख ४५ हजार ८ सय ८८ कित्ता सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको ४ लाख ८९ हजार २ सय ४५ कित्ता शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८ सय ५८ कित्ता सेयर बाँडफाँट गरिएको छ । यो अवधि सकिएसँगै लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् ।

कम्पनीको आईपीओ २०७८ वैशाख ३ गते बाडफाँड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.