सेबोनको अध्यक्ष बन्न चापागाईंसहित १९ जनाको आवेदन

  २०८० फागुन ३० गते १९:१६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका छन् । बुधबार अन्तिम दिनसम्म तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसहित १९ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ रहेका छन् ।

यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा।केशब प्रसाद श्रेष्ठ, मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारि, प्रविण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिइएका हुन् ।

सन्तोष नारायण श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, राम कृष्ण खतिवडा र खगेन्द्र कटुवालले पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति छ । यस समितिले आवेदन दिएकामध्ये ५ जनाको नाम सर्ट लिष्ट गर्नेछ ।

५ जनाको प्रस्तुती र अन्तवार्तापछि ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.