सिटिजन्स बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

  २०८० फागुन ३० गते १३:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक  गरेको छ । बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेका छन् ।

सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो । बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको हो । वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ ।

समरोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.