बैंकर न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

  २०८० फागुन २९ गते १८:१४     विकासन्युज

काठमाडौं । बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

उच्च अदालत पाटनले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.