२०८० फागुन २९ गते १७:०४ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
बैंकको ४ प्रतिशत बोनस अर्थात् १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
बैंकको पुष २६ गते सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश पारित गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.