नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले गर्याे क्लासिक भ्यू रिसोर्टमा लगानी

  २०८० फागुन २७ गते १०:५९     विकासन्युज

काठमाडौं । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्टमा लगानी गरिएको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले बताए ।

उनका अनुसार क्लासिक भ्यू रिसोर्ट लक्जरी पर्यावरणमैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । जुन २०२४ मा सफ्ट ओपनिङ कार्यहरू सुरु गर्ने योजना रहेको थापाले बताए । शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरूलाई अनुपम प्रदान गर्ने यो उच्च स्तरको पर्यावरण मैत्री रिसोर्ट रहेको उनको भनाइ छ ।

एनआईआईएफबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिनेछ । एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको प्रबन्ध निर्देशक डा. थापाले बताए ।

‘नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो, यसको अनुपम स्थान र पर्यावरणमैत्री सञ्चालनको प्रतिबद्धताका साथ क्लासिक भ्यू रिसोर्ट हाम्रा घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ,’ थापाले भने, ‘हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्वस्त छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.