होण्डाले १५० करोडको लगानीमा नेपालमै शुरु गर्यो उत्पादन प्लान्ट

  २०८० फागुन २४ गते १२:२३     विकासन्युज

काठमाडौं । होण्डाका दुइ पाङ्ग्रे सवारीको असेम्बल अब नेपालमै हुने भएको छ । भैरहवामा १५० करोडको लागतमा बनेको उक्त प्लान्टको उद्घाटन होण्डा मोटरसाइकलको मूख्य बिजनेस युनिटका भाइस प्रेसिडेन्ट मिनोरु कटोले गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो।

दुई लाख स्क्वायर फुटको क्षेत्रफलमा रहेको उक्त प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटरको उत्पादन क्षमता राख्ने कम्पनीले बताएको छ ।

होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी रहेको छ । त्यस्तै, स्याकार ट्रेडिङ्गको सहायक कम्पनी हिमाल मोटो प्रा.लिले एसेम्बल गर्ने छ । यससँगै कम्पनीको उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्बिसिङ्गको सेवा थप सहज र सुलभ हुने कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.