मार्च ४ लाई मजदुरहरूको महान चाडको रुपमा मनाउँदै जिफन्ट

  २०८० फागुन २० गते १५:११     विकासन्युज

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरुको महान चाडको रुपमा मनाउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सो घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरुको महान चाडका रुपमा मनाउने घोषणा गरे । महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नहुने महासंघले जनाएको छ । सो अवसरमा जिफन्टले ‘चुनौतिसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ । फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरुसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धी, चुनौति र सम्भावनाहरुको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.