२०८० फागुन २० गते ९:५५ विकासन्युज
काठमाडौं । तनहुँमा केन्द्रिय कार्यलय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण तथा साधना लघुवित्तसंगको मर्जर कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सबैको अध्यक्ष नारायण प्रसाद जोशीबाट पेश भएको २०७९/८० वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
त्यस्तै सभाले साधना लघुवित्तसंगको मर्जर तथा मर्जर पश्चात बन्ने संस्थाको नाम तथा अन्य सबै कामका लागि संचालक समितिलाई अख्त्यारी प्रदान गरेको छ । साधना लघुवित्तसंग समान स्वापमा मर्जर हुने, मर्जर पश्चात संस्थाको नाम सबैको साधना लघुवित्त हुने लगायतका दर्जन बढी प्रस्ताव पारित गरेको छ ।
मर्जर पस्चात बन्ने संस्थाको अधिकृत पुँजी ४० करोडबाट ९० करोड पुग्नेछ भने चुक्तापुंजी ३१ करोडबाट ७० करोड पुग्नेछ । त्यस्तै केन्द्रिय कार्यालय चितवन जिल्लामा स्थानान्तरण हुनेछ। त्यस्तै मर्जर पश्चात बस्ने पहिलो बार्षिक साधारणसभाले नयाँ संचालक समिति गठन हुने र अहिलेको संचालक समिति स्वत: खारेज हुने प्रस्ताव समेत पारित भएको छ ।
सबैको लघुवित्तले २०८० माघ मसान्तसम्ममा सातै प्रदेशका ४३ जिल्लाहरुका ९० शाखा कार्यालयहरु मार्फत ७५,५२४ विपन्न तथा न्यून आय भएका घरपरिवारहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशव कुमार पौडेलले जानकारी दिएका छन् । यस अवधिमा सबै लघुवित्तले लगानी गरेको कर्जा रकम ४ अर्ब ११ करोड ९३ लाख ०४ हजार ८९७ रहेको छ भने बचत तथा निक्षेप १ अर्ब १९ करोड ५१ लाख १२ हजार ३०६ रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.