बालेनप्रति सांसद सिंह आक्रोसित, भन्छन् : तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ?

  २०८० फागुन १८ गते १५:२८     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् । उनले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताए ।

करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने जानकारी दिए ।

‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, कहिले कवाडीहरुलाई हटाउने । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौं होइन । यो काठमाडौं संघीय राजधानी हो । यहाँ एउटा गरिव पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ’, उनले भने ।

उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.