२०८१ सालमा कुन-कुन दिन बन्द हुन्छन् बैंक ? (सूचीसहित)

  २०८० फागुन १८ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले वि.सं. २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको उक्त सूचीअनुसार २०८१ सालमा वैशाखदेखि चैतसम्ममा शनिबारबाहेक ४६ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् ।

जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछन् । दशैंमा घटस्थापनासहित ६ दिन र तिहारमा ५ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

कूल बिदा हुनेमध्ये २३ दिन भने बैंकहरुले नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नेछन् ।

साथै, वर्षभरिको प्रत्येक शुक्रबार आधा दिन र प्रत्येक शनिबार पूर्ण बिदा हुने छ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि दिउँसो साढे एक बजेसम्म बैंकिङ्ग कार्यालय खुला हुने छन् भने कारोबार भने साढे १२ बजेसम्म मात्रै हुने छ ।

त्यस्तै, बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसमम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा बैंकिङ कारोबार भने बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने छ ।

१६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

कुन कुन दिन हुन्छ बिदा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.