एलन मस्कले प्रतिसेकेन्ड ६० किलोमिटर दौडिने ‘टेस्ला रोडस्टर’ कार ल्याउँदै

  २०८० फागुन १७ गते ९:५५     विकासन्युज

एजेन्सी । अमेरिकी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले यस वर्षको अन्त्यसम्ममा विश्वको सबैभन्दा तीव्र गतिमा दौडिने कार ‘टेस्ला रोडस्टर’ सार्वजनिक गर्ने भएको छ । कारमा १० वटा साना आकारका रकेट थ्रस्टर्स छन्, जसले एक सेकेन्डभन्दा कम समयमा ० देखि ६० किलोमिटर प्रतिघण्टा ‘किमी प्रतिघण्टा’ को गति लिन सक्ने जनाइएको छ ।

यो कारको डेलिभरी अर्को वर्ष अर्थात् सन् २०२५ देखि सुरु हुने बताइएको छ । एलन मस्कले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएका हुन् ।

रोडस्टरको उत्पादन डिजाइन यस वर्षको अन्त्यसम्ममा पूरा हुने र सार्वजनिक गरिने बताइएको छ । सामाजिक सञ्जाल एक्समा मस्कले भनेका छन्, ‘मलाई लाग्छ यो अहिलेसम्मकै सबैभन्दा दिमागी उत्पादन डेमो हुनेछ, टेस्लाले स्पेस एक्ससँगको सहकार्यमा यसको निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.