बिवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम योजना

  २०८० फागुन १४ गते १७:११     विकासन्युज

काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्क प्रालिले यूईएफए (यूनियन अफ यूरोपियन फूटबल एशोसियसन) यूरो २०२४ को अवसरमा ‘नेपाली अब यूरो कपमा’ स्किम ल्याएको छ ।

फुटबल प्रेमी ग्राहकहरूलाई जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो २०२४ का रोमाञ्चक खेलहरू हेर्ने मौका रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए । उनका अनुसार बिवाइडी यूईएफए यूरो २०२४ को अधिकृत इ-मोबिलिटी पार्टनर हो ।

यूईएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ । यूईएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको कम्पनीको दाबी छ ।

नविन प्रयोग र आविष्कारका साथ ग्राहकको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरुले यूईएफए यूरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउने छन् । यस स्किमले ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव गर्ने अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बिवाइडीले राखेको छ ।

साइमेक्स प्रालि विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.