कामना सेवा विकास बैंकले पायो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

  २०८० फागुन १३ गते १३:२१     विकासन्युज

काठमाडौं । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.