नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

  २०८० फागुन १३ गते १२:३३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा संचालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

बैंकले हाल २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.