राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकका अध्यक्षको सपथ

  २०८० फागुन १० गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक राष्ट्र बैंकले साधारणसभाबाट निर्वाचित अध्यक्ष नेपाललाई अध्यक्षका लागि तत्काल आयेग्य भन्दै अहिले काम नगर्न निर्देशन दिएको हो ।

गत पुसमा सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभाबाट उनी सञ्चालकमा निर्वाचित भएका थिए । निर्वाचनपश्चात् बसेको सञ्चालकहरूको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैंकले बैंक तथा वित्तीय संस्था ऐन बमोजिम नयाँ सञ्चालक तथा अध्यक्षहरूको जानकारी राष्ट्र बैंकलाई गराएको थियो । तर, राष्ट्र बैंकले नेपाललाई तत्काल अध्यक्ष बन्न नपाउने भन्दै सपथ नै नखुवाएको हो ।

बैंक तथा वित्तीय संस्था ऐनको दफा २५ अनुसार सञ्चालकले आफू नियुक्ति भएको जानकारी १५ दिनभित्र राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ । सोही व्यवस्था अनुसार उनले जानकारी गराए पनि नागरिक लगानी कोषबाट बाहिरिए लगत्तै अध्यक्ष बन्न नपाउने भन्दै सपथ नै रोकेको हो ।

राष्ट्र बैंकले उनीमाथि कुलिङ पिरियड लाग्ने भन्दै सपथ रोकेको बताएको छ । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था विभाग प्रमुख गुरु पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने व्यवस्था भए पनि उनले नलिएको धारणा राखे । राष्ट्र बैंकको नीतिअनुसार नै कामकारवाही अगाडि बढाएको तर्क पौडेलको छ ।

साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् पनि नेपाल अध्यक्ष थिए । तर, नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट स्वतः बाहिरिएका थिए ।

त्यसपछि भएको बैंकको साधारणसभाले पनि उनलाई सञ्चालकमा नियुक्त गरेको थियो । तर, राष्ट्र बैंकले ६ महिनाको कुलिङ पिरियड लाग्ने भन्दै सपथ रोकेको हो । उनले अब सो अवधिसम्मका लागि बैंकको बैठकमा उपस्थित हुन पाउने छैनन् । कुलिङ पिरियड सकिएपछि भने उनी राष्ट्र बैंकबाट सपथ लिएर अध्यक्षकोरूपमा काम गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.