त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

  २०८० फागुन ६ गते २१:३०     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको हो ।

समितिले उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ । विश्वविद्यालयको उपकुलपतिको लागि ४३ जनाले आवेदन गरेकोमा समितिले १४ जनाको नाम अल्पसूचीमा निकालेको थियो ।

समितिले सिफारिस गरेका ३ जना व्यक्ति मध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकजनालाई उपकुलपतिमा नियुक्ति गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.