लसुनको मूल्य वृद्धि, किलोको ३४० पुग्यो

  २०८० फागुन ६ गते १४:०३     विकासन्युज


काठमाडौं । नेपाली बजारमा लसुनको मूल्य बढेकाे छ । माग अनुरूप बजारमा लसुन नपाइएकाले लसुनको मूल्य बढ्दै गएको हो ।

हाल लसुनको थोक मूल्य प्रतिकिलो ३ सय ४० रुपैयाँ पुगेको छ । अहिले नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘यो लसुनको सिजन होइन, अहिले निख्रेको अवस्था छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नयाँ उत्पादन छैन, पूरानो उत्पादन सकियो, मागको तुलनामा पूर्ति नभएपछि मूल्य बढ्नु स्वभाविक हो ।’

समितिका अनुसार गत महिना सुकेको चाइनिज लसुनको मूल्य प्रतिकिलो १८५ रुपैयाँ थियो । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले लसुनको मूल्य वृद्धि भएको हो ।

नेपाली लसुन बजार हिस्सा चिनियाँ लसुनले ओगटेको छ । नेपालमा सिजनमा मात्रै लसुन उत्पादन हुने र उत्पादित लसुन पनि पर्याप्त नहुने हुँदा चिनियाँ लसुन आयात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.