कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

  २०८० फागुन ६ गते ८:३८     विकासन्युज

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा हुने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.