सानिमा र आइएमई प्रतिस्पर्धामा, नेपाल लाइफलाई पछ्याउँदै हिमालयन

  २०८० फागुन १ गते १२:५५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा २०.५१ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

कम्पनीहरूले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५५ करोड ९० लाख रुपैयाँ नाफा गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूले ५२ करोड ५१ लाख रुपैयाँ बढी नाफा गरेका हुन् ।

समीक्षा अवधिमा २ वटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सानीमा रिलायन्स लाइफको नाफा बढेको छ । यस कम्पनीको नाफा ९६.४७ प्रतिशत बढेर २१ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै, आइएमई लाइफको ९६.१३ प्रतिशत बढेर २३ करोड ४७ लाख रुपैयाँ पुगेकाे छ । नाफा बढाउनका लागि सानिमा र आइएमई लाइफबीच प्रतिस्पर्धा देखिएको छ ।

सूर्यज्योति लाइफको ६३ प्रतिशत प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)नेपालको ५९.७८ प्रतिशत बढेर १३ करोड ६६ लाख रुपैयाँ नाफा गरेका छन् ।

राष्ट्रिय जीवन बीमा कम्पनीको ४४.१४ प्रतिशत बढेर १ करोड ४२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३६ प्रतिशत बढेर १७ करोड ६४ लाख रुपैयाँ, मेट लाइफको ३३.५३ प्रतिशत बढेर १९ करोड ३८ लाख रुपैयाँ, नेशनल लाइफको १६.९१ प्रतिशत बढेर २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेका हुन् ।

बढी नाफा गर्नेमा भने नेपाल लाइफ नै अगाडि देखिएको छ । नेपाल लाइफपछि हिमालयन लाइफ देखिएको छ । नेपाल लाइफको १२.८९ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ र हिमालयन लाइफको ८.२३ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ कायम भएकाे छ ।

यस्तै, एशियन लाइफको ११.४५ प्रतिशत बढेर १५ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४.९६ प्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ, सिटिजन लाइफको २.७३ प्रतिशत बढेर १२ करोड ३६ लाख रुपैयाँ नाफा गरेका छन् ।

पुस मसान्तसम्म २ जीवन बीमा कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ । हिमालयन लाइफकाे ८.२३ प्रतिशत र सन नेपाल लाइफको ७.२२ प्रतिशत नाफा घटेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.