निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो

  २०८० फागुन १ गते ९:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । पुस मसान्तसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २० करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरूले ४२.१७ प्रतिशत अर्थात् ९२ करोड ९१ लाख रुपैयाँ धेरै नाफा गरेका हुन् ।

चालु आर्थिक वर्षमो ६ महिनामा नेशनल इन्स्योरेन्स कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस कम्पनीको नाफा २३२.३३ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सको १ सय प्रतिशत बढेर २५ करोड ८३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ७१.५४ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६३.७२ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ५१.०८ प्रतिशत बढेर १८ करोड ३७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ प्रतिशत बढेर १३ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४० प्रतिशत बढेर १० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

सानिमा जिआईसी इन्स्योरेन्सको २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १६ प्रतिशत बढेर २० करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १५.५१ प्रतिशत बढेर ५४ करोड ९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा छन् । गत वर्ष यस कम्पनीको नाफा १६ करोड ९१ लाख रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.