विद्युतीय ‘हेलिकोप्टर’ ल्याउँदै सुजुकी

  २०८० फागुन १ गते ८:५१     विकासन्युज

काठमाडौं । अहिलेसम्म तपाईंले सुजुकी भन्नासाथ कार भनेर चिन्नुहुन्थ्यो । यो जापानी कम्पनी भए पनि यसले भारतमा सबैभन्दा ठूलो कार कम्पनी (मारुती सुजुकी) का रूपमा आफ्नो अड्डा जमाएको छ ।

तर, अहिले सुजुकीको आँखा आकाशतिर छ । अब ऊ उड्नेवाला विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको छ ।

टाइम्स अफ इन्डियाले प्रकाशित गरेको रिपोर्टअनुसार सुजुकीले विद्युतीय एयर कप्टर बनाउने योजना बनाएको छ, जुन ड्रोनभन्दा ठूलो तर परम्परागत हेलिकप्टरभन्दा सानो हुनेछ ।

यसमा पाइलटसहित कम्तीमा तीन जना बस्न सक्नेछन् । वास्तवमा कम्पनीले नयाँ गतिशीलता समाधानहरूमा प्रारम्भिक नेतृत्व प्राप्त गर्न चाहन्छ । रिपोर्टका अनुसार प्रारम्भमा यसलाई (इलेक्ट्रिक एयरकोप्टर) जापान र अमेरिकामा ल्याउन सकिनेछ । त्यसपछि छिट्टै भारतमा सार्न सकिने छ ।

यो जमिनमा आधारित उबर र ओला कारहरू जस्तै एयर ट्याक्सी हुन सक्छ । यसले ग्राउण्ड ट्राफिकबाट बच्न मद्दत गर्न सक्छ ।

रिपोर्टका अनुसार सुजुकी मोटर (अटोमोबाइल उत्पादन योजना समूह) ग्लोब अटोमोबाइल योजना विभागका सहायक प्रबन्धक केन्टो ओगुराले कम्पनीले आर्थिक कारणले पनि भारतमा उत्पादन गर्नेबारे विचार गरिरहेको र उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशकको कार्यालय (डीजीसीए) सँग वार्तासहित यसको सम्भाव्यतालाई विचार गरिरहेको बताएका छन् ।

‘हामी भारतमा ग्राहक र साझेदारहरू खोज्न बजार अनुसन्धान गरिरहेका छौं,’ ओगुराले भने, ‘१ हजार ४ सय किलो तौलको यो एयर हेलिकोप्टरको टेक अफ तौल परम्परागत हेलिकप्टरको झन्डै आधा हुनेछ । घरको छानाबाट टेक अफ र ल्यान्डिङ गर्न सकिने छ, यो हेलिकप्टरभन्दा सस्तो हुनुपर्छ ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.