नीतिगत र बैंकदर यथावत

  २०८० माघ २९ गते १९:४६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई यथावत राखेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको बताएको हो ।

‘आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ,’ समीक्षामा भनिएको छ ।

हाल बैंकदर ७ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.