राष्ट्र बैंकले बढायो संस्थागत निक्षेपको ब्याज

  २०८० माघ २९ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपकर्ताको ब्याजदर बढाएको छ । मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले मुद्दतीतर्फको संस्थागत निक्षेपकर्ताको ब्याजदर १ प्रतिशत बढाएको हो ।

मुद्दती खातामा रकम जम्मा गर्दा संस्थागत र व्यक्तिगत खाताको ब्याजदर अन्तर अब १ प्रतिशत कायम राख्नु पर्ने व्यवस्था गरेको हो । यसअघि संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत थियो ।

‘संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ,’ राष्ट्र बैंकको समीक्षामा उल्लेख छ ।

यसले संस्थागत मुद्दती निक्षेपकर्तालाई बैंकहरूको निक्षेपमा लगानी गर्न प्रोत्साहन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.