२०८० माघ २९ गते १८:५३ विकासन्युज
काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक वितरक मोरङ अटो वर्क्सले ‘जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड-२०२३’ पाएको छ । पोर्चुगलको लिसबनमा ९ फेब्रुअरीमा आयोजित ‘जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४’ कार्यक्रममा मोरङ अटो वर्क्स जेसीबीले उक्त अवार्ड पाएको हो ।
जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड र जेसीबी इन्डियाका सीईओ दीपक शेट्टीले मोरङ अटो वर्क्स-जेसीबीका अध्यक्ष विष्णुकुमार अग्रवाल र कार्यकारी निर्देशक गोपालकुमार अग्रवाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
कम्पनीका अध्यक्ष अग्रवालले सबैको सहयोगले कम्पनीले यो उचाइ हासिल गरेको भन्दै भविष्यमा थप उपलब्धी प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.