खर्चमा कन्जुस अर्थमन्त्री, परराष्ट्र मन्त्री साउँदको डिस्टिङ्सन

  २०८० माघ २९ गते १७:२४     विकासन्युज

काठमाडौं । बजेट विनियोजन गरेर खर्च र आम्दानीको पनि हिसाब किताब राख्ने मन्त्रालय अर्थमन्त्रालयको खर्चको स्थिति नै नाजुक देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदनका अनुसार अर्थमन्त्रालयको प्रगति नाजुक देखिएको हो । जसमा सबैभन्दा कम खर्च नै अर्थमन्त्रालयले गरेको छ । अर्थमन्त्रालयको नेतृत्व डा.प्रकाशशरण महतले नै गरिरहेका छन् ।

उनले अर्थमन्त्रालयका लागि ४१ अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि खर्चको स्थिति भने कमजाेर छ । ६ महिनाको अवधिमा अर्थमन्त्रालयले विनियोजित बजेटको ९.९० प्रतिशत मात्रै खर्च गरेको हो । जुन अन्य मन्त्रालयको तुलनामा सबैभन्दा कम हो ।

यस्तै, श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले पनि १२.३५ प्रतिशत मात्रै खर्च गरेको छ । यस मन्त्रालयका लागि २५ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । महिला बालबालिका तथा जेष्ठ नामगरिक मन्त्रालयले ११.३९ प्रतिशत मात्रै खर्च गरेको छ भने शहरी विकास मन्त्रालयले १४.२६ प्रतिशत मात्रै खर्च गरेको देखिएको छ ।

यस्तै, सबैभन्दा बढी खर्च भने परराष्ट्र मन्त्रालयले गरेको देखिन्छ । परराष्ट्र मन्त्रालयका लागि विनियोजित कुल ७ अर्ब ११ करोड २० लाख रुपैयाँमध्ये यस मन्त्रालयले ८०.३४ प्रतिशत बजेट खर्च गरिसकेको छ । यस मन्त्रालयको नेतृत्व एनपी साउँदले गरिरहेका छन् । उनले बजेट खर्चमा डिस्टिङ्सन गरेका छन् ।

६ महिनासम्मको अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा दोस्रो धेरै बजेट खर्च गरेको छ । यो मन्त्रालयका लागि ५६ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बजेट विनियाेजन भएकाे थियो । यसमध्ये २८ अर्ब १८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । यो विनियोजित बजेटको ४९.६३ प्रतिशत खर्च हो ।

यसपछि, रक्षा मन्त्रालयले विनियोजित बजेटको ४६.६३ प्रतिशत बजेट खर्च गरेको छ । यो वर्ष रक्षा मन्त्रालयले ५८ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये २७ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ खर्च भएको हो । गृह मन्त्रालयले ४०.८१ प्रतिशत बजेट खर्च गर्दा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३४.८८ प्रतिशत बजेट खर्च गरेको छ ।

कुन मन्त्रालयको खर्च कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.